Advertisement

Responsive Advertisement

बाइबल अध्ययन १: बाइबल || बुधबार, फाल्गुन १६, २०८० || बेल्की ८.१५-९.५५ || Aradhana Platform

Shorts Playlist: Click here!


१) बाइबल भनेको के हो? यसको उत्पत्ति कसरी भयो?

 

२) बाइबल ख्रीष्टियानहरूको निम्ति मात्रै हो कि अरुको निम्ति पनि हो?

 

३) बाइबल किन पढ्न पर्ने पुस्तक वा धर्म शास्त्र हो?

 

४) के बाइबल पढे स्वर्ग गइन्छ?

 

विश्लेषण एवं उत्तरहरू:

 

१)        बाइबललाई शाब्दिक अर्थमा खास बुझ्न पर्दा यो एक संग्राहलय वा पुस्तकालय हो तर ऐतिहासिक धार्मिक पक्षको नजरमा यो एक जीवित अनुग्रही र प्रेमिलो परमेश्वरको तर्फबाट पुनर्मिलापका लागि पतित मानव जातिलाई एक प्रकाश, संदेश र निमन्त्रणा हो | बाइबलको उत्पत्ति परमेश्वरको मानव जाति सित भएको ऐतिहासिक अन्तरक्रिया र सहकार्य बाट हुन गएको हो | निकै छोटकरीमा भन्नुपर्दा, मौखिक परम्परा, दस्तावेजहरूको तयारी एवं संरक्षण, अनुवाद, होसियारीका साथ पुस्तकहरूको छनोट, उपर्युक्त पुस्तकहरूको संकलन र कम्पिलेशन र अन्त्यमा सतावट बाबजुद विविध भाषाहरूमा अनुवादको प्रक्रियाका साथ बाइबल हामी माझ पुग्न सफल भएको हो |

 

 

 

२)        सर्वप्रथम त ख्रीष्टियन शब्द आफैँमा पनि प्रेरित ११:२६ मा पहिलो पल्ट प्रयोग गरिएको देख्न सक्छौँ भने यो शब्द प्रेरित २६:२८ र १ पत्रुस ४:१६ समेत गरी जम्मा ३ पटक मात्रै प्रयोग गरिएको पाइन्छ | अर्को कुरो, यूहन्ना १:१२, ३:१६, मत्ती २८:१९, २ तिमोथी ३:१६ र एफिसी २:८-९ अनुसार बाइबल ख्रीष्टियनहरूका लागि नभएर समस्त मानव जातिका लागि हो | अझै स्पष्ट रुपमा भन्न पर्दा, बाइबल ती मानिसहरूका लागि हो जसले आफ्नो पापी स्वभावलाई जानेर मुक्तिदाताको आवश्यकता महसुस गर्दछ | येशुले आफू धर्मीहरूका लागि होइन तर पापीहरूका लागि आएको भनी बताउनु भएको छ भने संसारमा फेरी कोहि एक जना पनि धर्मी छैन भनी बाइबलले स्पष्ट बताउँछ | तसर्थ, बाइबल मानव जातिका लागि हो | 

 

 

३)        परमेश्वर हामी सँग के बोल्न चाहनुहुन्छ भनेर जान्नका लागि बाइबल नितान्त अध्ययन गर्न एक अत्यावश्यक पुस्तक हो | यसमा उहाँद्वारा मानव जातिलाई उहाँ बारे, आफ्नो बारे, संसार बारे, आफ्नो जीवनको अर्थ र उद्देश्य अनि गन्तव्य बारे जान्नका लागि पर्याप्त सबै जानकारी उपलब्ध छ | बाइबल बिना परमेश्वरको हृदय र हाम्रो आफ्नो अस्तित्वको अर्थलाई बुझ्न सकिँदैन | साथै, बाइबलले बिना हिचकिचाहट हामी मनुष्य जातिको पापीस्वभाव र आफ्नो असीम अनुग्रहमा परमेश्वरको तर्फबाट एक मुक्तिदाताको प्रबन्ध बारे स्पष्ट रुपमा बताउँछ | यस बाहेक यसमा समावेश भएका ६६ ओटा पुस्तकहरूमा मानव जीवनका हर पक्षमा परमेश्वरले कसरी सरोकार राख्नुहुन्छ भनी सुन्दर ढंगले विविध विधाका माध्यम द्वारा प्रस्तुत गरिएको पाइन्छ | यसर्थ, बाइबल हाम्रो लागि एक मार्ग-निर्देशक ठहरिन्छ जसका चालक स्वयम् परमेश्वर नै हुनुहुन्छ |

 

४)        बाइबल पढेर स्वर्ग गइदैन | कति मानिस त बाइबल पढेर नास्तिक समेत बनेका पनि छन् | केवल ख्रीष्ट येशुमा गरिएको विश्वासले स्वर्ग प्राप्ति हुने हो | तर फेरी ख्रीष्ट येशु बारे पर्याप्त र सठीक विवरण केवल बाइबलले मात्रै दिलाउँछ | बजारमा आज थुप्रै येशु उपलब्ध छन् र जुन पायो त्यहि येशुलाई विश्वास गरेर मोक्ष/मुक्ति प्राप्त गर्न सकिंदैन | तसर्थ, येशुलाई जान्नका लागि बाइबल अध्ययन गर्नै पर्छ र त्यो अध्ययन होसियारीका साथ गरिनुपर्छ | जीवनमा येशुलाई चिनेर उहाँलाई पछ्याउनु पर्छ र अन्त्य सम्म उहाँमा स्थिर हुनु पर्छ |

 


Post a Comment

2 Comments