धर्म प्रचार चर्चमा गर्नुस् न! जहाँ पायो त्यहि गर्ने हो र?

शर्टस् भिडियो: यहाँ क्लिक गर्नुहोस्


पहिलो कुरो, प्रचार धर्मको हुँदैछ कि के कुराको हुँदैछ, त्यो थाहा गर्नुहोस्


दोश्रो कुरो, सुसमाचार सुनाउने कुरा हामीलाई दिइएको आज्ञा हो (मत्ती २८:१९-२०)| जुन दिन हजुर पनि ख्रीष्टियान हुनुहुनेछ, तब हजुर स्वयम्ले पनि सुनाउनु हुनेछ! (रोमी १:१४-१५)


तेश्रो कुरो, धर्म प्रचार चाहिं चर्चमा किन गर्ने? सुसमाचार चर्चको लागि मात्र हैन बरु यहि सुनेर प्रभु येशुलाई स्वीकार्नेहरू चर्च आउँछन् | यो सबैका लागि हो अनि हामी जहाँ भएपनि मुक्तिको संदेश घोषणा गर्दछौँ !


चौथो कुरो, सुसामाचारिय कार्यमा कसैलाई पनि जबर्जस्ती गरिंदैन | यो स्व-इच्छाको निर्णयको कुरा हो |   


पाँचौं कुरो, धर्म प्रचार सबैले गर्छन्, मात्र माध्यम र तरिका फरक हुन्छ | प्रचार नै नगरिकन कसरी जानकारी हासिल गर्ने? जानकारी बिना कसरी बुझाई स्पष्ट पार्ने? बुझाई बिना कसरी निर्णय लिने? निर्णय बिना कसरी स्वीकार गर्ने? स्वीकार बिना कसरी पालना गर्ने? पालना बिना कसरी अनुभव गर्ने? अनुभव बिना कसरी निश्चयता अपनाउने? (रोमी १०:१४-१५)


कृपया, त्यस्तो हास्यास्पद टिप्पणी नगरिदिनुस्, विन्ती छ!

Post a Comment

0 Comments