Advertisement

Responsive Advertisement

झूटा शिक्षाहरू विरुद्ध सदैव तयार रहौं

 



हे अबुझ माता येरुसलेमका ठेकेदार

तिमीहरू आफै मनाउन चाड निस्तार,

बाइबल बङ्याएको सुन्दा सुन्दा वाक्क भइ

तिम्रो कुरै नसुनी अब भाग्नु छ हतार हतार

 

सुन हौ चर्च अभ अलमाइटी गड

तिमीहरू आफै मेसेन्जर सङ्गती गर,

परमेश्वरको अर्को देह धारण आइसक्यो भन्छौ

के लाग्ला र तिम्रो बाकी शिक्षाको भर?

 

हे सुन है खत्रा सच्चाईको केन्द्र

बरु गराइदेउ न बन्द अस्पताल,

चङ्गाईको नाउँमा किन ठग्छौ सबैलाई

इसाई-हिन्दू मिश्रित पाराको ठिक लागेन तिम्रो चाल

 

हे च्याउ झैँ उम्रेका नानाथरी अगम्वक्ताहरू

कति ठगीका भविष्यवाणी गर्न सकेका,

बिफल भए पछि आफैंलाई बचाउन

पवित्र आत्मालाई पो उल्टै दोषी ठहर्‍याएका!

 

हे अभिषेकको तेलका व्यापारीहरू

वचनलाई त राम्रो सित बुझ्ने गर,

वचन विपरीत उल्टो उल्टो काम गर्दै हिँड्छौ

तेललाई किन बनाउँछौ जादुगर ?

 

हे उग्र क्यारिजम्याटिक सभाहरू

किन अजीब लाग्दा कार्यहरू गर्दै हिँड्छन् ?

तिमीहरू जस्ता अभियानताहरूका कारण नै

स्वस्थ पेन्टिकस्टल मण्डलीहरू पिरोलिन्छन !

 

हे मर्मनिजम, जोसेफ स्मिथका ठेकेदारहरू

बाइबल एक मात्र हो परमेश्वरबाटको प्रकाश र वचन,

किन बङ्ग्याउछौ परमेश्वर र येशूको चरित्रलाई

सुन्दैछु फैलिएको छ रे त यता नि तिम्रो रहन-सहन

 

यस्तै थुप्रै छन सफा गर्नै पर्ने फलामका खिया

मण्डलीहरू हुनै पर्छ अब सचेत

समय छँदै विश्वासीलाई शिक्षा दिन थालौँ

नत्र भोग्न पर्ला है पछि चङ्गा चेट!

 

(पृष्ठभूमि: पारिवारिक संगतिको समयमा पटक-पटक निस्तार चाड बारे मात्रै कुरो ल्याउने माता येरुसलेम नामक झूटो शिक्षाको विषयमा छलफल हुँदा शुरुको हरफ हाँस्य-व्यङ्ग तरिकाले बनाएको थिएँ | त्यसैलाई पछी कवितामा ढाल्ने सोचेर रचेको यो सानो चेतनामूलक कविता थियो |)

YOU TUBE LINK: Here!


Post a Comment

0 Comments