Advertisement

Responsive Advertisement

पत्रकारको दादागिरी!

 



छोटो मिम भिडियो: यहाँ क्लिक गर्नुहोस्


एक पत्रकार भएर पनि यिनले सायद पत्रकारिताको मर्यादालाई जानेका रहेनछन् ! एक महिलालाई जसरी यिनले प्रश्नहरू गरे, यिनको क्रुरता स्पष्ट झल्किन्छ | प्रश्न मात्र गरिरहने तर उत्तर सुन्न नचाहने यी पत्रकारले आफ्नो हद भने पार गरेका छन् | यिनलाई समस्या धर्म सित नै छ, अझ भनौं भने इसाई धर्म प्रति तीतो घृणा! यसै कारण, उलफत्यांग प्रश्नहरू यिनले गर्दैछन् |

 

कति सजिलो सित म सबै धर्मलाई मान्छु भनि यिनको धाक छ! सायद यिनी भन्दा धेरै जान्नेबुझ्ने अभिषेक जोशी नै होलान्! यिनको प्रश्न थियो कि मुस्लिम धर्म बारे थाहा छ? यदि कोहि मुस्लिम आएर प्रचार गरेको भए यिनले फेरी त्यस्तै अर्को प्रश्न सोध्थे कि? एक महिलालाई उनको शिक्षाको स्तर सोधी बेइज्जती गर्ने यी महाशयलाई नै धर्महरू बारे कक्षा लिन पर्ने देखिएको छ!

 

कर्म अनुसार कै फल स्वर्ग वा नरक हो भनी यिनले भनेका छन् | के यिनले निश्चयताका साथ यो भन्न सक्छन् कि यिनले आफ्नो जीवनकालमा सत्कर्म मात्रै गरेका छन्? के यिनका विचार हरु सदा सकारात्मक नै रहेको छ? अनि फेरी कर्म अनुसारको गन्तव्य निर्धारण कसरि गरिन्छ? कसले गरिदिन्छ? कि सबैको आ-आफ्ना नीति-नियमले निर्धारण गर्ने हो? त्यसो हो त, एक जनाको सत्कर्म अरुको लागि पापकर्म ठहरिन्छ ! अनि स्वर्ग-नर्क गन्तव्य आफैंमा अस्पष्ट हुन जान्छ! हामीले बाइबलमा परमेश्वरको आज्ञा अनुसार सुसमाचार सुनाउँछौँ! उहाँको आफ्नो व्यवस्था छ! हाम्रो कर्मको भर नभएको हुनाले नै येशु हाम्रो निम्ति उद्धार र मुक्तिको स्रोत बन्नुभयो! एक मानिस भएर परमेश्वरको सारा व्यवस्था उहाँले पूरा गर्नु भयो! उहाँले आफ्नो रगत बगाएर हाम्रो लागि मुक्तिको ढोका खोलिदिनुभयो! यहि कुराको मात्रै हामीले प्रचार गर्छौँ!

 

अर्को कुरो, येशुको इच्छा छ भने उहाँले इसाई घराना मै जन्म दिलाउने थिए रे अरे! पिके फिल्ममा रहेको मूर्खतापूर्ण व्यंगात्मक भनाईको कपी हो यो! जसले येशुलाई चिनेका पनि छैनन्, उहाँको इच्छा के हो जानेका पनि छैनन्, अब यस्तै व्यक्तिले यहाँ महान शिक्षा दिँदैछन् वाह! सारा जगतमा गएर सबै जातीलाई सुसमाचार सुनाउने नै येशुको इच्छा हो! यिनलाई के कुरानको शिक्षा थाहा छ त? के भागवद गीताको शिक्षा थाहा छ त? सबै धर्मलाई मान्छु भनेर कसरी भन्न सक्नुभयो? हरेक धर्मका भगवानहरूले उहाँहरूलाई नै पुज्ने गरी त्यस्तै परिवारमा जन्म दिलाउँथे जस्तो कुरो गर्नुभयो! यसले स्पष्ट पार्दछ कि उहाँलाई धर्महरूको ज्ञान रहेनछ! यदि त्यसो होत, ईश्वहरू बीच नै मतभेद हुन सक्थ्यो र सायद त्यस्तो भएर नै सबै धर्म एकै हुन् भन्ने धारणा जन्माए कि? तर यो त फेरी विरोधावासपूर्ण विचार भयो त!

 

यी पत्रकारले संविधानको होइन हिन्दुत्त्वको वकालत गरेका छन् खासमा | यिनलाई हिन्दु राष्ट्र सित सरोकार छ | त्यसैले त इसाईहरू माथि यसरी खनिएका यिनी! प्रश्न माथि प्रश्न गर्ने तर उत्तर सुन्ना नचाहने यिनको प्रवृत्ति! गएर बाइबल कलेज अवलोकन गर्नुहोस्, सिक्नुहोस् केहि! कसरी ख्रीष्टियानहरूले बरु संसारका धर्महरू बारे चासो दिएर अध्ययन गर्दछन्! यी पत्रकारको धाक र अहंकार अनि क्रोध बाहेक केहि देखिंदैन! यस्तो कदम चालेर प्रचार-प्रसार रोकिन्छ भनि यदि सोच्नुहुन्छ भने, अफसोच हजुर खाल्डामा पर्नुहुनेछ ! बरु समय अझै छ! पश्चात्तापका साथ सुसमाचार स्वीकार्नुहोस्!

***


Post a Comment

2 Comments

  1. "अर्को कुरो, येशुको इच्छा छ भने उहाँले इसाई घराना मै जन्म दिलाउने थिए रे अरे! पिके फिल्ममा रहेको मूर्खतापूर्ण व्यंगात्मक भनाईको कपी हो यो! "
    Ha ha, yes, that was his very cheap dialogue, from PK!

    ReplyDelete
    Replies
    1. So true! And people should also know the movie is totally beyond study of religions and the question itself is flawed.

      Delete