प्रार्थना || Prayer || Sunday School Teaching || 2025

 प्रार्थना

हाम्रो जीवनमा एक दैनिक आवश्यकता




प्रार्थना के हो? 
  1. साधारण रूपले बुझ्ने हो भने प्रार्थना भनेको परमेश्वर सित गरिने बातचित हो
  2. शान्तमय नि हुन सक्छ वा उत्तेजित पनि
  3. Formal नि हुन सक्छ वा Informal नि
  4. व्यक्तिगत/ गुप्त नि हुन सक्छ वा सार्वजनिक पनि
  5. प्रार्थना विश्वास द्वारा, पवित्र आत्माको अगुवाई/ शक्तिमा रहेर येशुको नाउँमा गरिनु पर्छ (याकूब 1:6, यूहन्ना 16:23, रोमी 8:26)
  6. परमेश्वर सितको संगति नै प्रार्थनाको हृदय हो
  7. प्रार्थना भनेको हाम्रो आफ्नै इच्छा खोज्नु होइन तर आफूलाई परमेश्वरको इच्छासँग अझ पूर्ण रूपमा मिलाउन खोज्नु हो (१ यूहन्ना ५:१४-१५; याकूब ४:३)।

प्रार्थना किन?
  1. परमेश्वर सँग निरन्तर संगतिमा रहन (1 थेसलोनिकी 5:17)
  2. उहाँले हाम्रो जीवनमा काम गर्ने माध्यम, उहाँको इच्छा र योजनालाई हाम्रो जीवनमा पुरा गर्न
  3. यसले उहाँ प्रति हाम्रो समर्पणता र सरोकारलाई देखाउंछ (फिलिप्पी 4:6)
  4. यसले उहाँ सित हाम्रो नाजिक्पन देखाउंछ
  5. परमेश्वर सित हाम्रो मागहरू राख्न, हाम्रा दुख, कष्ट, वेदनालाई राख्न (1 पत्रुस 5:7)
  6. यसले उहाँलाई प्रसन्न पार्दछ
  7. हामीलाई परीक्षाको समयमा सामर्थ्य दिन
  8. येशु आफैंले पनि गर्नुभयो र आज पनि हाम्रो लागि गर्दै हुनुहुन्छ (हिब्रू 7:25, रोमी 8:34)

प्रार्थनाका चुनौतिहरू?
  1. परिस्थिति र अनुशासण
  2. शब्दहरूको कमी
  3. बाइबलको ज्ञानको कमी
  4. सामाजिक संकोचपन
  5. जीवनका समस्या बेला पछी हट्नु
  6. परमेश्वर प्रति भरोसा नहुनु
  7. आफ्नो प्रार्थनाको उत्तर नपाउँदा निराश हुनु






 


Post a Comment

0 Comments